२०८२ भाद्र २७ गते शुक्रवार
स्पेनको टेनेरिफको उत्तरपूर्वमा रहेको क्यानरी टापुमा बुधवारबाट लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ।
बुधबारबाट लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। सुख्खा क्षेत्र र तीव्र हावाका कारण आगो झनै फैलिरहेको बताइएको छ।
क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले पहाडी क्षेत्रमा भएका कारण आगो निभाउन कठिन भइरहेको बताए। डढेलो कसरी लाग्यो भन्ने अझैसम्म स्पष्ट हुन सकेको छैन।
आगो १७ हजार ५ सय बासिन्दा रहेको सहर एल ओरोटाभेको छेउसम्म पुगेको थियो। आगोका कारण त्यस क्षेत्रबाट करिब १५० जना विस्थापित भएका छन्।
सम्पति कति क्षति भयो भन्ने तथ्यांक आइसकेको छैन। करिब २७० अग्नि नियन्त्रक र १७ बढी हेलिकप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास जारी छ।
युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij