Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्से परिसूचक ३१.८० अङ्कले घट्दा कारोबार रकम २ अर्ब १५ करोड, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

नेप्से परिसूचक ३१.८० अङ्कले घट्दा कारोबार रकम २ अर्ब १५ करोड, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?


  • 2.9K
    Shares

    नेप्से परिसूचक ३१.८० अङ्कले घट्दा कारोबार रकम २ अर्ब १५ करोड, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ विन्दुमा झरेको छ ।

    म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, जलविद्युत्, बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयर साढे सात प्रतिशत र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भए पनि आज इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले बढेको छ ।

    आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख तीन हजार कित्ता शेयर कारोबार भएका छन् । ६१ हजार तीन सय पटक भएको कारोबारबाट दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो । 

    सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८० मंगलवार - १४:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij