२०८२ माघ ७ गते बुधवार
काठमाडौं । काठमाडौं उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधवार सम्बन्धित धनीलाई दुईपांग्रे सवारी हस्तान्तरण गरेका हुन् ।
पछिल्लो २५ दिनको अवधिमा ५० वटा दुईपांग्रे सवारी फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले बताएका छन् ।
पुस महिनामा मात्र ट्राफिक प्रहरीले ९२ वटा मोटरसाइकल र स्कुटर फेला पारेको छ । पुसमा महिनामा ३०५ वटा दुइपांग्रे सवारी हराएको निवेदन आएको एसपी सुवेदीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij