२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पुष्पकमल दाहाल प्रचण्डले ‘देश चलाउन’ विदेशी शक्तिहरू सक्रिय भएको भन्दै त्यसलाई रुकुमको धर्तीबाटै जवाफ दिने बताएका छन् ।
आफू जहाँबाट लड्यो, त्यहीँको मुहार फेरेको दाबी गर्दै उनले विरोधीहरूलाई कामबाटै जवाफ दिने जिकिर गरेका छन् । आफ्नो उम्मेदवारी केबल संसद् प्रवेशका लागि नभई देशलाई नयाँ राजनीतिक दिशा दिनका लागि भएको उनले दाबी गरेका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण भदौ २६ गते रातभरको छलफलपछि संसद् विघटन गरेर चुनावमा जाने निर्णय लिइएको उनले बताएका छन् ।
माओवादी सशस्त्र युद्धकालमा चुनबाङ बैठकले शान्ति प्रक्रियाको यात्रा सुरु गरेको स्मरण गर्दै उनले अब रुकुम पूर्वले समाजवादको यात्राको नेतृत्व गर्ने धारणा राखेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij