Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

समयमै काम पूरा नगर्ने २० निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम पूरा नगर्ने २० निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)


  • 1.7K
    Shares

    समयमै काम पूरा नगर्ने २० निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
    images

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

    आइतबारको निर्णय अनुसार अधिकांश निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । केही कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

    साथै कृषि सामग्री कम्पनी लिमिटेड र सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा परेका केही कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

    Black-listed-company-scaled.jpg

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - ०९:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij