Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता


  • 2.4K
    Shares

    अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता
    images

    काठमाडौं । अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको उल्लेख गरेका छन् ।

    हवाई गभर्नर जोस ग्रीनले आफ्नो फेसबुक पेजमा आगलागीको भिडियो शेयर गरेका छन् । उक्त भिडियो फुटेजमा आगलागीबाट शहर भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ ।

    Hawai-Fire-2.jpg

    यो घटनालाई गभर्नर ग्रीनले ‘असाधारण’ र ‘दुःखद’ भनेका छन् । उनले यस आगलागीबाट १ हजारभन्दा बढी भवन जलेर नष्ट हुने अनुमान गरेका छन् ।

    उनले आगलागीलाई राज्यको इतिहासकै सबैभन्दा ठूलो विपद् भनेका छन् । उनले आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगोको परिमाण देखाउने तस्बिर सार्वजनिक गरेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईको जंगलमा लागेको आगलागीलाई ठूलो प्रकोप घोषणाको संज्ञा दिएका छन् ।

    आगलागीपछि हजारौं पर्यटक र स्थानीय मानिसहरूलाई अस्थायी आश्रयमा सारिएको छ ।

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - ०९:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij