Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

इटालीको लाम्पेडुसा टापुमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४१ जना आप्रवासीको मुत्यु

इटालीको लाम्पेडुसा टापुमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४१ जना आप्रवासीको मुत्यु


  • 2.5K
    Shares

    इटालीको लाम्पेडुसा टापुमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४१ जना आप्रवासीको मुत्यु

    काठमाडौँ । इटालीको लाम्पेडुसा टापुमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा बाँचेका चार जनाले आफूहरू ट्युनिसियाबाट इटाली जानका लागि डुङ्गा चढेको बताएका बीबीसीले जनाएको छ । उद्धार गरेर बाँच्न सफल चार जना आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् ।

    एक कार्गो जहाजले उनीहरूलाई उद्धार गरी इटालीको तट रक्षकलाई बुझाएको थियो । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट ४५ जना डुङ्गामा चढेकोमा केही घण्टापछि डुबेको खबरमा उल्लेख छ ।

    अवैध आप्रवासीका लागि प्रमुख 'ट्रान्जिट' मानिने ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर इटालीको लाम्पेडुसा टापुबाट एक सय ३० किलोमिटर टाढा रहेको छ ।

    यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा एक हजार आठ सय जनाभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पछिल्ला दिनहरूमा इटालियन तट रक्षक र सामाजिक संस्थाहरूले लाम्पेडुसा पुगेका दुई हजार जना मानिसको ज्यान बचाएका छन् । ऐजेन्सी 

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १५:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij