Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अन्टार्कटिकामा रुसी वैज्ञानिकले फलाए तरबुजा

अन्टार्कटिकामा रुसी वैज्ञानिकले फलाए तरबुजा


  • 2.7K
    Shares

    अन्टार्कटिकामा रुसी वैज्ञानिकले फलाए तरबुजा

    काठमाडौं । हिउँ नै हिउँको महादेश अन्टार्कटिकामा रुसी वैज्ञानिकले खेती गरेर तरबुजा फलाउन सफल भएका छन् । वैज्ञानिकले अन्टार्कटिकाको ‘पोल अफ कोल्ड’ अर्थात् पृथ्वीकै चिसो ठाउँमा रहेको भोस्टोक परीक्षण स्टेसनमा तरबुजा फलाएका हुन् ।

    उक्त ठाउँमा एकपटक माइनस ८९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । भोस्टोक स्टेसनको ग्रीन हाउसमा तरबुजा फलाउन सकिने गरी वैज्ञानिकले हावाको तापक्रम र आर्द्रतालाई बढाएर अनुकूल वातावरण बनाएका थिए ।

    एग्रोफिजिकल रिसर्च इन्स्टिच्युट र रुसी एकेडेमी अफ साइन्सेसको बायोमेडिकल समस्या संस्थान एवं आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई)का अनुसन्धानकर्ता यो कार्यमा सफल भएका हुन् । बिउ रोपेको ठिक १०३ दिनपछि अनुसन्धानकर्ताले ६ वटा बिरुवामा पाकेका आठ तरबुजा फलेको पाएका थिए ।

    भोस्टोक स्टेसनमा उत्पादन गरिएको यो पहिलोपटक भने होइन । सन् २०२० यता अनुसन्धानकर्ताले सुप, तुलसी, बन्दागोबीजस्ता धेरै खानेकुरा फलाइसकेका छन् ।

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - ११:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij