Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

रूसी वैज्ञानिकहरु अन्टार्कटिकामा तरबुजा फलाउन सफल

रूसी वैज्ञानिकहरु अन्टार्कटिकामा तरबुजा फलाउन सफल


  • 2.2K
    Shares

    रूसी वैज्ञानिकहरु अन्टार्कटिकामा तरबुजा फलाउन सफल
    images

    रूसी अनुसन्धान कर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा आठ वटा तरबुजा फलाउन सफल भएका छन्।

    उनीहरुले  तरबुज उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन्। रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान ९एआरआई० अनुसार यी पाकेका तरबुजाको रातो र पहेँलो गुदी हुन्छ। तरभुजको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरुले बताएका छन्। 

    अन्वेषकहरूका अनुसार भोस्टोक स्टेशनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरु उब्जाउने अपेक्षा राखेको छ। वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन्। रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेशनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् ।

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - ०९:१०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij