Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

रूसी वैज्ञानिकहरु अन्टार्कटिकामा तरबुजा फलाउन सफल

रूसी वैज्ञानिकहरु अन्टार्कटिकामा तरबुजा फलाउन सफल


  • 2.4K
    Shares

    रूसी वैज्ञानिकहरु अन्टार्कटिकामा तरबुजा फलाउन सफल

    रूसी अनुसन्धान कर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा आठ वटा तरबुजा फलाउन सफल भएका छन्।

    उनीहरुले  तरबुज उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन्। रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान ९एआरआई० अनुसार यी पाकेका तरबुजाको रातो र पहेँलो गुदी हुन्छ। तरभुजको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरुले बताएका छन्। 

    अन्वेषकहरूका अनुसार भोस्टोक स्टेशनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरु उब्जाउने अपेक्षा राखेको छ। वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन्। रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेशनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् ।

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - ०९:१०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij