Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दैमुद्दा, बिहीबार अदालतमा हाजिर हुने

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दैमुद्दा, बिहीबार अदालतमा हाजिर हुने


  • 1.7K
    Shares

    अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दैमुद्दा, बिहीबार अदालतमा हाजिर हुने
    images

    काठमाडौँ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको आरोपमा विभिन्न ४ वटा अभियोग लगाईएको छ ।

    ४५ पृष्ठको अभियोगमा ट्रम्पविरुद्ध अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, आधिकारिक काम कारबाहीमा बाधा पुर्‍याएको, चुनावी परिणाम अनुमोदन गर्ने प्रक्रियामा अवरोधको प्रयास गरेको र जनताको अधिकारविरुद्धको षड्यन्त्र गरेको अभियोगपत्र दायर गरिएको हो ।

    यी अभियोग सुनाउन वासिङ्टन डिसी अदालले ट्रम्पलाई भोलि अदालतमा हाजिर हुन भनेको छ । ट्रम्प जिल्ला न्यायाधीश तान्या चुटकन समक्ष हाजिर हुनु पर्नेछ ।

    ट्रम्पमाथि आपराधिक अभियोग लगाइएको यो तेस्रो पटक हो । यसअघि ट्रम्पविरुद्ध गोप्य कागजातहरुको दुरुपयोग एवं व्यापार ठगीको आरोपमा मुद्दा चलिरहेको छ । आफ्नो बढ्दो कानूनी समस्याहरूको बावजुद राष्ट्रपति निर्वाचनको उम्मेदवारी दौडमा भने ट्रम्प अरुभन्दा अगाडि छन् ।

    न्यूयोर्क टाइम्स र सिएनएन सर्वेक्षणले ट्रम्पलाई ५४ प्रतिशत समर्थनका साथ रिपब्लिकन उम्मेदवारीको दौडमा सबैभन्दा अगाडि देखाएको छ । अमेरिकी कानूनमा अपराधको आरोप लागेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक्दैन ।

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - १०:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij