२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । हप्ताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ विन्दुमा झरेको छ । कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भयो ।
म्युचुअल फण्डबाहेकका सबै सूचक ओर्लिएका छन् । बैंकिङ ८, विकास बैंक ५९, फाइनान्स ४३, होटल तथा पर्यटन १२०, जलविद्युत् ३३, जीवन बीमा १८८, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा २१०, अन्य २८ र व्यापार उपसमूह ६० अंक घटे ।
१८ कम्पनीको मूल्य बढ्दा १८९ को घट्यो भने १० को स्थिर रहृयो । पिपुल्स पावर र सुपरमाई हाइड्रोको मूल्य ३ प्रतिशत बढ्यो । मनकामना स्मार्ट र अभियान लघुवित्तको मूल्य ६ प्रतिशत घट्यो । हिमालयन लघुवित्तको मूल्य ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी र सूर्याज्योति लाइफ इन्स्योरेन्स क्रमश: अगाडि रहे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij