Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

युवतीको स्कर्ट मुनीको भिडियो खिच्न ट्रकमा क्यामरा जडान, अधबैँसे पक्राउ

युवतीको स्कर्ट मुनीको भिडियो खिच्न ट्रकमा क्यामरा जडान, अधबैँसे पक्राउ


  • 2.5K
    Shares

    युवतीको स्कर्ट मुनीको भिडियो खिच्न ट्रकमा क्यामरा जडान, अधबैँसे पक्राउ
    images

    युवतीको स्कर्ट मुनी खिच्न ट्रकमा क्यामेरा राख्ने एक अधबैँसेलाई प्रहरीले पक्राउ गरेको छ । जापानका ४४ वर्षका अधबैँसेलाई आफ्नो ट्रकमुनी विभिन्न क्यामरा जडान गरी आफ्नो ट्रकमा चढ्ने युवतीको स्कर्ट मुनी भिडियो खिचेको आरोपमा पक्राउ गरिएको हो । भोयुरिजम र अपस्कर्ट फोटोग्राफी जापानमा यति व्यापक रूपमा फैलिएको छ कि यसका लागि शब्द पनि छ – चिकन । यो शब्दले अनैतिक रूपमा महिलाको स्कर्टमुनि सहमतिबिना तस्बिर खिच्ने प्रयास गर्ने पुरुषबारे वर्णन गर्छ । ती अधबैँसेले आफ्नो डेलिभरी ट्रकमा कम्तीमा चार क्यामेरा जडान गरेको पाइएको छ । उनले ती क्यामेरामार्फत युवतीहरू, कोही प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीको स्कर्ट मुनीको भिडियो खिच्ने गर्दथे । 

    उनको ट्रक मुनि क्यामेरा भेटिएपछि प्रहरीले उनको घरमा छापा मार्‍यो र सयौँ भोयुरिस्टिक भिडियो समावेश भएको ३० भन्दा बढी हार्ड ड्राइभ फेला पारे । ती अधबैँसेले आरोप अस्वीकार गरेपछि अधिकारीले पीडितको सङ्ख्या हजारभन्दा भएको आशङ्का गरेका छन् । 

    गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा क्योटोका सातोसी निसिमुराले क्योटो र उजी सहरका थुप्रै युवतीको भिडियो अनैतिक तरिकाले खिचेको पाइयो । उनका एक जना महिला सहयोगीले यस्तै खालको एउटा भिडियो देखेपछि अधिकारीलाई यसबारे उजुरी दिएकी थिइन् । निशिमुराले आरोप अस्वीकार गरे । 

    तर उनले डेलिभरी ट्रकमा चारवटा क्यामेरा जडान गर्नुको चित्तबुझ्दो कारण भने खुलाउन सकेनन् । ट्रकको बम्पर र अगाडिको टायर नजिकै क्यामेरा राखिएका थिए, सबै माथितिर फर्किएका थिए । प्रहरीका अनुसार गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा उनले प्राथमिक विद्यालयका छात्रा र प्लस टुका छात्रा गरी आठ जनाको भिडियो खिचेको पत्ता लगाए । तर उनको घरमा भेटिएको प्रमाणले यसमा उनको संलग्नता निकै अघिदेखि थियो भनेर दर्साउँछ । प्रहरीले यसमा उनी पछिल्लो ११ वर्षदेखि संलग्न भएको अनुमान गरेको छ । 

    ती ड्राइभरका महिला सहयोगीले यसबारे उजुरी दिएपछि प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो । ती ड्राइभरले क्योटो र युजी सहरमा विभिन्न विद्यालय भएका साँघुरा सडकमा ट्रकलाई निकै ढिलो गरी चलाउँथे । जुन असाधारण थियो । त्यसपछि प्रहरीले उनको ट्रक अनुसन्धान गर्दा चारवटा क्यामेरा पाए । ती क्यामेरा डाइहात्सु हिजेतको ड्यासबोर्डको सेन्ट्रल रेकर्डिङमा जडान थियो । एजेन्सी

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - ११:४०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij