Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

जिम्बावेले ओमानलाई दियो ३ सय ३३ रनको लक्ष्य

जिम्बावेले ओमानलाई दियो ३ सय ३३ रनको लक्ष्य


  • 3.6K
    Shares

    • images
    जिम्बावेले ओमानलाई दियो ३ सय ३३ रनको लक्ष्य
    images

    काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्स को खेलमा जिम्बावेले ओमानलाई ३ सय ३३ रनको लक्ष्य दिएको छ । 

    घरेलु मैदान क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३२ रन बनायो । जिम्बावेका सेन विलियम्सले शतक बनाए । उनी १ सय ३ बलमा १ सय ४२ रन बनाएर आउट भए । यस्तै लुक जोङ्वीले ४३ र सिकन्दर राजाले ४२ रन बनाए । बलिङतर्फ ओमानका फय्यज बटले ४ विकेट लिए ।

    विश्वकप छनोटमा आज बिहीवारदेखि सुपर सिक्स खेलहरू सुरु भएको हो । सुपर सिक्स का शीर्ष दुई टोलीले आउँदो अक्टोबर नोभेम्बर भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

     

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १६:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij