Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो


  • 2.4K
    Shares

    • images
    फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो
    images

    काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक सय ७५ औं स्थानमा छ । यसअघिको वरीयतामा नेपाल एक सय ७४ औं स्थानमा थियो । नेपालले पछिल्लो पटक भारतमा साफ च्याम्पियनसिप खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । नेपाली टोली कुवेत र भारतसँग पराजित भएको थियो भने नेपालले समूहगत चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराएको थियो । 

    पछिल्लो वरीयतामा दक्षिण एशियाली राष्ट्रमध्ये भारत सबैभन्दा अगाडि छ । भारत १०० औं वरीयतामा छ । माल्दिभ्स १५४ औं वरीयतामा छ भने भुटान १८४ औं स्थानमा छ । बंगलादेश १९२ औं स्थानमा आसिन छ । पाकिस्तान भने २०१ औं स्थानमा छ । यसका अतिरिक्त श्रीलंका २०७ औं वरीयतामा छ ।

    एसियामा जापान सबैभन्दा अगाडि २० औं स्थानमा छ । इरान २२ औं, अस्ट्रेलिया २७ औं र दक्षिण कोरिया २८ औं वरीयतामा छन् । विश्व वरीयतमा भने अर्जेन्टिना पहिलो स्थानमा छ । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा आसिन छ । इङ्ल्यान्ड चौथो र बेल्जियम पाँचौं स्थानमा छन् ।

     
     

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १६:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij