Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

थाइल्यान्डविरुद्ध नेपालको सानदार जित

थाइल्यान्डविरुद्ध नेपालको सानदार जित


  • 2.4K
    Shares

    • images
    थाइल्यान्डविरुद्ध नेपालको सानदार जित
    images

    मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाइल्यान्डविरुद्ध २ सय २५ रनको सानदार जित दर्ता गरेको छ। नेपालले दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रन बनाउँदा अलआउट भयो। 

    थाइल्यान्डका लागि इशान बनर्जीले १६ र दानुफोन फुयानग्योपिनितले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालको घातक बलिङसामु थाइल्यान्डका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।थाइल्यान्डलाई कम स्कोरमा रोक्न सन्तोष यादवले ३.२ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ५ विकेट झारे। 

    अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिए। अविशेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर २ विकेट लिए। त्यसअघि मलेसियाको बांगीमा बुधबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल तयार पारेको थियो। 

    पहिलो विकेटका लागि ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १ सय १० रनको शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको थियो। सुर्यांशु ५५ बलमा ३ चौका मद्दतमा ४० रनमा जित सदाको बलमा बोल्ड आउट भए। ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका निरज कुमार यादव ७४ रन बनाउँदा क्याच आउट भए। इसान बानेजीको बलमा जित सदाको हातबाट निरज क्याच आउट भए। 

    चौथो विकेटका लागि नरेन भट्ट र सन्तोष यादवले ७१ रनको साझेदारी गरे। नरेन ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे। सन्तोष ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा बोल्ड आउट भए। कप्तान अभिषेक तिवारी १४, आशिष लुहार १३, दिपुकुमार ६ र अशोक धामी ५ रनमा आउट भए।

    थाइल्यान्डका निटपाखन मनुवुन, फनुवत देसुङनोएन र इशान बानेर्जीले समान २ विकेट लिए। जित सादा र पियावत नोद्रीले समान एक/एक विकेट लिए। थाइल्यान्डविरुद्ध जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।नेपाल रहेको समूह एमा थाइल्यान्ड र मलेसिया छन्। समूह एबाट नेपाल र मलेसिया अन्तिम चारमा पुगेका छन्। 

    समूहको पहिलो खेलमा मलेसियाले थाइल्यान्डलाई १ सय १८ रनले हराएको थियो। समूह चरणको दोस्रो खेलमा नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ। समूह बीमा सिंगापुर, हङकङ, इन्डोनेसिया र मालदिभ्स छन्।

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १२:१७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij