२०८२ भाद्र २४ गते मंगलवार
रोमानिया । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा बोतल प्रहार भएको छ। उनीमाथि बोतल प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।
घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए । कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक युवकले बोतलले हिर्काएका हुन् । प्रकाशको अवस्था भने सामान्य रहेको छ । ट्विटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोतल प्रहार, थुक्क हामी नेपाली ।
कलाकार भनेको राष्ट्रको गहना हो, सकिन्छ सम्मान गरौँ, सकिँदैन भने अपमान पनि नगरौँ !’ बोतल प्रहार भए पनि सपुतले कार्यक्रममा प्रस्तुति दिँदै बोतल प्रहार गर्नेलाई माफी दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij