Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

बालेन र हर्कको चर्चापछि फिल्म ‘मेयर साहेव’ निर्माण हुने

बालेन र हर्कको चर्चापछि फिल्म ‘मेयर साहेव’ निर्माण हुने


  • 2.4K
    Shares

    बालेन र हर्कको चर्चापछि फिल्म ‘मेयर साहेव’ निर्माण हुने
    images

    काठमाडौंँ । पछिल्लो समय देशमा काठमाडौँ महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङ चर्चामा छन् । यी दुबै मेयरको चर्चाबीच निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । 

    आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मका लागि अहिले कलाकार छनोटको भैरहेको छ । चाँडै फिल्मको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनीतिक बिषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको भैइरहेको छ ।

    बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहने फिल्मको सह–निर्माता नारायण खाती हुन् । 

    खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । फिल्म आगामी भाद्र १ गतेबाट नेपालभरका चलचित्र घरमा रिलिज हुँदैछ । 
     

     

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १२:५६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij