Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट


  • 3.2K
    Shares

    • images
    नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट
    images

    काठमाडौँ । आईसीसी विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ। नेपालका लागि सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ब्रान्डोन किङलाई बोल्डआउट गरेका हुन्।

    ब्रान्डोनले ४२ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएर आउट भए। यसअघिका दुई खेलमा कुनै विकेट लिन नसकेका सन्दीपले वेष्ट इण्डिजविरुद्ध महत्वपुर्ण विकेट लिएका हुन्। 

    यसअघि चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चाल्र्स र दोस्रो ओभरको तेस्रो बलमा करण केसीले केल मेयर्सलाई क्याचआउट गराएका थिए। चार्ल्स शून्य रनमै आउट भएका हुन्। केल १ रनमा आउट भएका हुन्। 

    वेष्ट इण्डिज १६ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १२:५८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij