Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अब नयाँ-नयाँ नेपाली चलचित्र डिशहोममा प्रदर्शन हुने

अब नयाँ-नयाँ नेपाली चलचित्र डिशहोममा प्रदर्शन हुने


  • 3.7K
    Shares

    अब नयाँ-नयाँ नेपाली चलचित्र डिशहोममा प्रदर्शन हुने

    काठमाडौँ  । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा Exclusive प्रदर्शन हुने भएको छ । विभिन्न कारणबंश हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सकिने कम्पनीले जनाएको छ । 

    प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरुले अत्याधिक रुचाएको चलचित्रहरु डिशहोम सिनेमाघर च्यानल नं.१०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुने भएको हो । 

    सिनेमाघर च्यानल नं.१०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं.१६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरलाई मार्फत सेवा लिएर र आफ्नै मोवाईल वाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ । 

    डिशहोमको यो प्रयासले सपरिवार संगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने विश्वास कम्पनीले लिएको छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ । 

     

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - १५:२२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij