२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ । गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियो अभिनयपछि रातारात चर्चाको केन्द्र बनेकी मोडल कुसुम शर्मा फिल्ममा डेब्यू गर्ने भएकी छिन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’ मा उनको अभिनय रहने भएको हो ।
फिल्ममा उनी अभिनेता आर्यन सिग्देलको जोडी बन्न लागेकी हुन् । निर्देशक श्रेष्ठले फिल्मको पोष्टर शर्मा र सिग्देललाई राखेर सार्वजनिक गरेका छन् ।
फिल्ममा आर्यन र कुसुमको अलावा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठ लगायतको मुख्य भूमिका रहनेछ । प्रेमकथामा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij