२०८२ भाद्र ९ गते सोमवार
छोटो तयारीकाबीच भारत पुगेको नेपालका लागि यस संस्करणमा कठिन चुनौती छ। यद्यपी प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको बताएका छन्। नेपाल र कुवेतबीच सन् २०१९ यता पाँच खेल भएका छन्। सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेपछि चार खेलमा कुवेतले जित निकालेको छ। गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४-१ गोलको जित निकालेको थियो।
यस्तै पाकिस्तानले विदेशमा खेलिरहेका खेलाडीलाई समेटेर बलियो टिम बनाएको छ। फिफा वरीयतामा भारत १०१औं, कुवेत १४३औं, नेपाल १७४औं र पाकिस्तान १९५औं स्थानमा छन्।
नेपालका खेल
नेपाल भर्सेस कुवेत – असार ६- दिउँस ३:४५ बजे
नेपाल भर्सेस भारत- असार ९- राति ७:४५ बजे
नेपाल भर्सेस पाकिस्तान- असार १२ - दिउँस ३:४५ बजे
नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्। दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ। च्याम्पियनसिपको यो संस्करणमा साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्।
श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन। सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो। सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो।
१३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा
मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij