२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ ।आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको आफ्नो दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको मध्यम लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुंदै दुई सय सात रन बनायो ।
अमेरिकाका लागि सातौं नम्बरका क्रिज समाल्न आएका सायान जहांगिरले सतकीय पारि खेले । उनले अविजित एक सय रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान जहांगिरले आक्रामक पारि खेल्दै ७९ बलको सामना गरी तीन छक्का र १० चौका प्रहार गरे ।
ओपनर ब्याट्सम्यान सुशान्त मोदानीले पनि ४२ रनको योगदान गरे । उनले ७१ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । गजानन्द सिंहले २६ रन जोडे । उनले ४१ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । जेसी सिंहले पनि २५ बलमा १२ रन बनाए ।
अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । नेपालका बलर करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।त्यस्तै सन्दिप लामिछाने भने लगातार दुुईखेल विकेट विहिन बने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij