२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध गुल्सन झाले नेपाललाई सातौँ सफलता दिलाएका छन् । जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको ३७ औँ ओभरको चौथो बलमा गुल्सनले निसर्ग पटेललाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।
नेपालबाट जारी खेलमा यसअघि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक–एक विकेट लिँदा करण केसीले चार विकेट लिएका थिए ।अहिले ३७ ओभरको खेल सकिँदा अमेरिकाले सात विकेट गुमाएर १२९ रन जोडेको छ ।
अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दै छ । खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिएका हुन् ।
समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij