Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २० जना घाइते

यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २० जना घाइते


  • 3.6K
    Shares

    यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २० जना घाइते

    एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

    राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल भएर चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ज्यान गुमाएका मध्ये कम्तीमा पाँच महिला र तीन बालबालिका रहेका छन् । सो बस संघीय राजधानी इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बेलामा दुर्घटना भएको हो ।

    सूचना पाएपछि प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए ।दुर्घटनाको सूचना गर्दै प्रधानमन्त्री शाहबाज सरिफले क्षतिप्रति गहिरो शोक र दुःख व्यक्त गरेका छन् ।

    उनले दुर्घटनाको नबिन गर्न निर्देशन दिदै घाइतेलाई आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १४:११:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij