Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गाली गलौच र खुट्टा तान्ने काम धेरै भयो, अब इनफ इज इनफ : प्रधानमन्त्री

गाली गलौच र खुट्टा तान्ने काम धेरै भयो, अब इनफ इज इनफ : प्रधानमन्त्री


  • 2.5K
    Shares

    गाली गलौच र खुट्टा तान्ने काम धेरै भयो, अब इनफ इज इनफ : प्रधानमन्त्री
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अराजकताले सीमा नाघिसकेकाले इनफ इज इनफ भन्ने अवस्थामा पुगी सकेको बताएका छन् । 

    पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले एकले अर्काको खुट्टा तान्ने र एक आपसमा गाली गलौच धेरै भई सकेकाले रोकिनुपर्ने बताए ।

     ‘नेपालमा अति भइसक्यो इनफ इज इनफ भन्छन्  नि त्यो गर्ने बेला भयो ।  एकले अर्काको खुट्टा तान्ने आपसमा गाली गलौच गर्ने तछाड र मछाड धेरै भयो,’ प्रचण्डले भने, ‘देश बनाउन होइन देश बिर्गान तछाड मछाड गरे जस्तो विगतको अनुभव भयो । अब देश बनाउन राष्ट्रिय एकता गर्नुपर्ने भयो ।’ 

    वैदेशिक रोजगारीबाट फर्किएकाहरू मात्रै नभएर वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरू नयाँ राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनले बताए । 

    वैदेशिक रोजगारीमा भएका लाखौं दिदीबहिनीहरुलाई स्वदेशमै फर्किएर काम गर्ने वातावरण बनाउनुपर्ने प्रचण्डले बताए । ‘देशमा नकारात्मक र अराजकता अस्थिरता पैदा गर्ने प्रवृत्ति र तत्त्वहरू छन् । हामी कसैले देशको एकतालाई कमजोर पार्ने भएको प्रगतिशील परिवर्तनलाई कमजोर पार्ने गर्नु हुँदैन,’ प्रचण्डले भने, ‘देशमा निराशा र असन्तुष्टिको प्रचार गर्ने  प्रवृत्तिलाई होइन देशको एकताको पक्षधर देशभक्तहरूलाई सहयोग गर्न अपिल गर्दछु ।’

    कोरिया जापान लगायत देशहरूले कठिन संघर्षबाट विकास गरेकाले नेपाली युवाहरू एक जुट भई देश निर्माणमा जुट्नु पर्ने आवश्यकता भएको प्रचण्डले बताए ।

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १६:२४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij