Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

साओमीका स्मार्टफोन प्रयोगकर्ता ६० करोड नाघ्यो

साओमीका स्मार्टफोन प्रयोगकर्ता ६० करोड नाघ्यो


  • 1.7K
    Shares

    • images
    साओमीका स्मार्टफोन प्रयोगकर्ता ६० करोड नाघ्यो
    images

    काठमाडौं । विश्वभर चिनियाँ मोबाइल निर्माता साओमीका प्रयोगकर्ताको संख्या करिब ६० करोड पुगेको छ । कम्पनीले हालै सार्वजनिक गरेको सन् २०२३ को पहिलो त्रैमासिक आर्थिक प्रतिवेदन अनुसार विश्वभर साओमीका प्रयोगकर्ता ५९ करोड ४८ लाख पुगेका छन् ।

    उक्त समयावधिमा कम्पनीले विश्वभर तीन करोड चार लाख डिभाइस बिक्री गर्दा कम्पनीले पाँच अर्ब डलर (करिब छ खर्ब ५९ अर्ब १५ करोड रुपैयाँ) आम्दानी गरेको छ ।


    बजार हिस्साको हिसाबले हेर्ने हो भने विश्वको स्मार्टफोन बजारमा साओमीको बजार हिस्सा ११।३ प्रतिशत रहेको छ । यसको अर्थ विश्वबजारमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीमा साओमी तेस्रो स्थानमा छ । एप्पल पहिलो नम्बरमा छ भने सामसङ दोस्रो नम्बरमा छ ।

    चिनियाँ बजारमा भने साओमी चौथौं स्थानमा छ । चिनियाँ बजारमा सबैभन्दा धेरै मोबाइल बिक्री गर्नेमा एप्पल पहिलो, ओप्पो दोस्रो, भिभो तेस्रो र साओमी चौथौं नम्बरमा रहेको छ ।

    मोबाइल बजारलाई विस्तार गर्दै कम्पनीले अब विद्युतीय सवारीमा पनि हात हालेको छ । चाँडै नै बजारमा साओमीका विद्युतीय सवारी पनि गुड्न सुरु हुनेछन् ।

    प्रकाशित मिति :जेठ १३ २०८० शनिवार - १४:४४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij