Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

कांग्रेस बैठकमा लेखकलाई नेताहरूको सुझाव: बयानमा जाँदा राम्रो

कांग्रेस बैठकमा लेखकलाई नेताहरूको सुझाव: बयानमा जाँदा राम्रो


  • 631
    Shares

    कांग्रेस बैठकमा लेखकलाई नेताहरूको सुझाव: बयानमा जाँदा राम्रो
    images

    काठमाडौं । निवर्तमान गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् ।

    बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् ।

    ‘आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई वयान दिन जानुपर्ने विषयमा कुरा उठ्यो । सुझाव दिने साथीहरूले वयान दिन जानू राम्रो हो भन्नुभय‍ो,’ बैठकमा भएको कुराकानीबारे जानकारी गराउँदै प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।

    निवर्तमान गृहमन्त्री लेखकलाई हिजो मात्रै बयानका लागि आयोगले बोलाएको थियो । 

    नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार बन्न दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता डा।महतले बताएका छन् । बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । 

     

     

    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १७:१६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij