२०८२ पौष ९ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् । आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
थापाले भने, ‘सभापतिले कार्यवाहक दिनु भएको छ । नाम मात्रको कार्यवाहक दिनु भयो । आजको बैठकमा आउनु भएको छैन तर, सबै शक्ति उतै (देउवाकहाँ) छ,’ ।
थापाले पार्टीको सर्वोत्तम हितका बारेमा सबैभन्दा बढी सभापतिले चिन्ता गर्नुपर्ने उल्लेख गरेका छन् ।
थापाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीका तीन तहको मात्रै अधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
गत असोज २८ गतेको केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । अहिले अन्य राजनीतिक दलका नेतृत्व, सरकारसँगको संवाद, राष्ट्रपतिसँग छलफल गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij