Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुई करोड नेपालीले चलाउँछन् फोरजी इन्टरनेट

दुई करोड नेपालीले चलाउँछन् फोरजी इन्टरनेट


  • 2.7K
    Shares

    दुई करोड नेपालीले चलाउँछन् फोरजी इन्टरनेट

    नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा लिने ग्राहकको संख्या करिब २ करोड पुगेको छ। फोरजी सुरु भएको ६ वर्षमा फोरजी प्रयोगकर्ताको संख्या १ करोड ९२ लाख पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार थ्रिजी चलाउनेको संख्या भने घटेको छ। 

    १ वर्षअघिसम्म थ्रिजी प्रयोगकर्ता १ करोड ९ लाख रहेकोमा त्यो घटेर ८१ लाखमा सीमित भएको छ। अघिल्लो वर्षसम्म फोरजीका प्रयोगकर्ता १ करोड ७६ लाख थिए। सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन्। 

    फोरजी नेपालमा २०१७ जनवरीबाट प्रयोगमा आएको थियो। हाल सबै जिल्लामा फोरजीको पहुँच पुगेको दूरसञ्चार प्राधिकरणले जनाएको छ। नेपाल टेलिकमले अहिले विभिन्न शहरमा फाइभजी परीक्षण गरिरहेको छ।

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - १०:१७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij