Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

टेलिकमको 'ग्रुप एसएमएस' सेवाः एकैपटक १० हजार जनासम्मलाई सन्देश पठाउन सकिने

टेलिकमको 'ग्रुप एसएमएस' सेवाः एकैपटक १० हजार जनासम्मलाई सन्देश पठाउन सकिने


  • 890
    Shares

    टेलिकमको 'ग्रुप एसएमएस' सेवाः एकैपटक १० हजार जनासम्मलाई सन्देश पठाउन सकिने

    काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल ग्राहकहरुका लागि एकैपटक धेरै व्यक्तिलाई सन्देश (एसएमएस) पठाउन सकिने 'ग्रुप एसएमएस' सेवा सञ्चालनमा ल्याएको छ । 

    यस सेवा अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार एकैपटक दुई हजारदेखि १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सक्नेछन् । एउटै सन्देश धेरै जनालाई पठाउनुपर्ने विभिन्न संघसंस्था वा व्यक्तिका लागि यो सेवा निकै प्रभावकारी र उपयोगी हुने कम्पनीले जनाएको छ ।

    टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिअनुसार यस सेवाका लागि ग्राहकको सहजतालाई ध्यानमा राख्दै विभिन्न तीन वटा प्याकेजहरु उपलब्ध गराइएको छ । जसअनुसार ग्राहकले करसहित रु. १,२४३ मा २ हजार वटा एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी, रु. ३,१०८ मा ५ हजार एसएमएस र रु. ६,२१५ मा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।

    यो सेवा प्रयोग गर्नका लागि टेलिकमले केही अनिवार्य सर्तहरु समेत तोकेको छ । सेवाग्राहीले ग्रुप एसएमएस पठाउनका लागि अनिवार्य रूपमा आफ्नै (प्रयोगकर्ताकै) नाममा दर्ता भएको सिमकार्ड प्रयोग गरेको हुनुपर्नेछ । यसका साथै, प्रेषित गरिने सन्देशको शब्द, भाव र त्यसले पार्ने प्रभावलगायत सम्पूर्ण विषयको पूर्ण जिम्मेवारी सन्देश पठाउने व्यक्ति वा संस्था स्वयम्ले लिनुपर्ने कम्पनीले प्रष्ट पारेको छ ।

    यस सेवाको प्रयोग गर्ने तरिका पनि निकै सहज रहेको छ । ग्राहकले आफ्नो मोबाइल, डेस्कटप वा ल्यापटपमार्फत टेलिकमको आधिकारिक वेब पोर्टल groupsms.ntc.net.np मा लगइन गरी यो सेवा लिन सक्नेछन् । उक्त पोर्टलमा लगइन गरेपछि आफूलाई आवश्यक पर्ने प्याकेज खरिद गर्न सकिन्छ । प्याकेज खरिद गरेपश्चात् ग्राहकले सन्देश पठाउन चाहेका मोबाइल नम्बरहरु एक्सल सिट मार्फत अपलोड गरी एकैपटकमा हजारौँ व्यक्तिलाई सन्देश पठाउन सक्ने टेलिकमले जनाएको छ ।  

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १४:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij