Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीद्वारा हेटौंडामा प्रदर्शन

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीद्वारा हेटौंडामा प्रदर्शन


  • 365
    Shares

    • images
    इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीद्वारा हेटौंडामा प्रदर्शन

    काठमाडौं । इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहान हेटौंडामा रहेको विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरुले प्रर्दशन गरेका हुन । 

    प्रर्दशनका क्रममा हत्यारालाई कारवार्ही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर भन्दै नारा लगाएका थिए । प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवि मा.वि, सिद्धार्थ ल क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्याथीहरुको सहभागिता रहेको थिए । 

    सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।  

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १२:१६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij