Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

‘हाम्रो पे’द्वारा व्यवसायीका लागि नयाँ डिजिटल भुक्तानी समाधान सार्वजनिक, ६ महिनासम्म शुन्य कारोबार शुल्क

‘हाम्रो पे’द्वारा व्यवसायीका लागि नयाँ डिजिटल भुक्तानी समाधान सार्वजनिक, ६ महिनासम्म शुन्य कारोबार शुल्क


  • 1.1K
    Shares

    ‘हाम्रो पे’द्वारा व्यवसायीका लागि नयाँ डिजिटल भुक्तानी समाधान सार्वजनिक, ६ महिनासम्म शुन्य कारोबार शुल्क

    काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सशक्त र विस्तार गर्ने उद्देश्यसहित हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ले व्यवसायहरूलाई लक्षित गर्दै डिजिटल भुक्तानी समाधान सार्वजनिक गरेको छ।

    यस नयाँ सुविधाअन्तर्गत ‘हाम्रो पे’ले ‘नेपाल पे क्यूआर’सँगको सहकार्यमा इन्टर-अपरेबल क्यूआर सेवा सुरु गरेको छ। यससँगै अब व्यापारीहरूले जुनसुकै मोबाइल बैंकिङ एप वा अन्य डिजिटल वालेटमार्फत पनि आफ्ना ग्राहकबाट सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन्। 

    यो सुविधाले व्यवसायीहरूलाई कुनै एउटा मात्र वालेटमा सीमित नराखी देशभरका ग्राहकसँग निर्वाध रूपमा कारोबार गर्ने स्वतन्त्रता प्रदान गरेको छ।

    व्यवसायहरूलाई अनलाइन भुक्तानी प्रणालीमा सहजै आबद्ध गराउन ‘हाम्रो पे’ले विशेष आकर्षक अफरसमेत ल्याएको छ। कम्पनीका अनुसार यस अफरअन्तर्गत आबद्ध हुने व्यवसायीले ‘हाम्रो पे’को अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्दा कुनै पनि प्रकारको इन्टिग्रेशन शुल्क वा वार्षिक शुल्क तिर्नुपर्ने छैन।

    त्यसैगरी, व्यवसायीलाई थप राहत दिन सुरुवाती ६ महिनासम्मका लागि कुनै पनि कारोबार शुल्क समेत नलाग्ने व्यवस्था कम्पनीले गरेको छ।

    क्यूआर भुक्तानीका साथै ‘हाम्रो पे’ले अनलाइन व्यापार गर्नेहरूका लागि आफ्नो ‘पेमेन्ट गेटवे’  सेवालाई थप सरल र छिटो बनाएको छ। अब व्यवसायीहरूले झन्झटरहित रूपमा दर्ता प्रक्रिया पूरा गरी तत्कालै अनलाइन भुक्तानी लिन सुरु गर्न सक्नेछन्।

    पछिल्लो समय नेपालमा डिजिटल कारोबारको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा ‘हाम्रो पे’ले ल्याएको यो व्यवसायी(मैत्री सुविधाले डिजिटल रूपान्तरणको यात्रालाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। 

     

    images
    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १२:२०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij