२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ ।
बैठक भर्चुल बस्ने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका केही नेताहरु त्यहाँबाट फर्किएका छन् ।
पार्टी सभापति रवि लामिछानेसँग डिपी अर्याल र डा. स्वर्णिम वाग्ले रहेका छन् । नेताहरु शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरु कार्यालयमा छन् ।
प्रवक्ता झाले पार्टी कार्यालय परिसरमा पत्रकारहरुसँग कुरा गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने जानकारी दिएका छन् ।
फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij