२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन थालिएको छ । यादवलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भर्ना गरिएका ३ जना निर्वाचन प्रहरीबारे ‘विवाद’ भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीमाथि छानबिन थालेको हो ।
छानबिनका लागि एसपी पुष्प मल्लको नेतृत्वमा समिति गठन गरिएको लुम्बिनीका डीआईजी भूपेन्द्र खत्रीले बताएका छन् ।
रुकुम पूर्वमा अहिले डीएसपी केशव ज्ञवालीलाई खटाइएको छ । ज्ञवाली लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।
उनीहरूलाई भर्ना गरेर तालिम नगराएको र ड्युटीमा पनि नखटाएको भन्दै निर्वाचन प्रहरीहरूले विरोध गरेपछि घटना बाहिरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij