Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

नेपाल टेलिकमद्वारा जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी देशभर उपलब्ध

नेपाल टेलिकमद्वारा जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी देशभर उपलब्ध


  • 666
    Shares

    नेपाल टेलिकमद्वारा जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी देशभर उपलब्ध

    काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले कम्पनीमा रहेको ग्राहक विवरण (KYC – Know Your Customer) अब आफैले अनलाइनमार्फत भरेर अपडेट गर्न सक्ने व्यवस्था गरिएको छ । 

    गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएकोमा कम्पनीको २२औं वार्षिकोत्सवको अवसरमा २०८२ माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध हुने व्यवस्था गरिएको हो । 

    यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरुले कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np/ मार्फत आवश्यक विवरण भर्न सक्ने छन् । यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी राखेर त्यसै अनुसार आफ्नो व्यक्तिगत र अन्य विवरण सहित आफूले धेरै कल गर्ने ५ वटा मोबाइल नम्बर समेत राख्नु पर्छ । 

    सबै विवरण भरिसके पश्चात प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्छ । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । 

    अहिले पनि धेरै ग्राहकहरुको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुनेछ । यसबाट अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न सजिलो हुने अपेक्षा गरिएको छ ।    

     

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १२:२२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij