२०८२ भाद्र ८ गते आइतवार
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी कतारविरुद्धको खेलमा नेपालले कमजोर सुरुवात गरेको छ।
कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १७।१ ओभरमा ५ विकेट गुमाएर ६९ रन बनाएको छ। अहिले क्रिजमा सोमपाल कामी ६ र आरिफ शेख शुन्य रनमा नटआउट छन्।
कप्तान रोहित पौडेल २७ र आशिफ शेख १९ रनमा आउट भए। २६ बलको सामना गरेका रोहितले २ चौका हाने। लामो शट खेल्ने क्रममा रोहित ओवाइस अहमदको बलमा क्याच आउट हुन पुगे। आशिफ २७ बलमा २ चौका मद्दतमा १९ रन बनाउँदा क्याच आउट भए। नेपालका चारै जना ब्याटर क्याच आउट हुन पुगे।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा मुनावीरको बलमा खुराम सहजादको हातबाट २ रनमा क्याच आउट भए। भीम सार्की ६ रन बनाउँदा मुनावीरको बलमा नै क्याच आउट भए। कुशल मल्ल ३ रनमा क्याच आउट भए।
कतारका गयन मुनाविर र ओवाइस अहमदले समान दुई तथा इक्रमुल्लाह खानले एक विकेट आफ्नो नाममा गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij