Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सिंगापुरले चारवटै खेल हार्दा कुवेतको सेमिफाइनल सम्भावना बलियो

सिंगापुरले चारवटै खेल हार्दा कुवेतको सेमिफाइनल सम्भावना बलियो


  • 2.4K
    Shares

    • images
    सिंगापुरले चारवटै खेल हार्दा कुवेतको सेमिफाइनल सम्भावना बलियो
    images

    काठमाडौँ । कुवेतले एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘बी’ अन्तर्गत तीन खेलमा दोस्रो जित हात पार्दै कुवेत सेमिफाइनल नजिक पुगेको हो ।

    दोस्रो जित हात पार्न कुवेतले त्रिवि क्रिकेट मैदानमा आज सिंगापुरलाई ४ विकेटले पराजित गर्‍यो । जितका लागि चाहिएको १ सय १४ रन कुवेतले २६ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

    कुवेतलाई जित दिलाउन अदनान इदरिसले ३८ रन तथा मित भवसारले २७ रन बनाए । सिंगापुरका लागि विनोथ बासकरण र अक्षय पुरीले २-२ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय १३ रनमात्र जोड्न सक्यो । सिंगापुरका लागि अमरत्या कौलले ४५ रन तथा मनप्रित सिंहले २८ रन बनाए । कुवेतका मोहम्मद अस्लमले ५ तथा शिराज खानले ३ विकेट लिए ।

    प्रकाशित मिति :बैशाख १२ २०८० मंगलवार - १३:४३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij