२०८२ भाद्र ८ गते आइतवार
नेपाली लेग स्पीनर सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने बलर बनेका छन् । यो उनको विश्व कीर्तिमान हो ।
ओमानविरुद्ध १ विकेट लिएसँगै सन्दीपले ४० खेलमा सय विकेट पूरा गरेका हुन् । यो कीर्तिमान यसअघि अफगानिस्तानका रशिद खनाको नाममा थियो । उनले ४४ खेलबाट सय विकेट लिएका थिए ।
एसीसी प्रमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले कीर्तिमानी विकेट हात पारेका हुन् ।सन्दीप र रशिदपछि अस्ट्रेलियाका मिचेल स्ट्राक ५२ खेलमा १ सय विकेट पूरा गरेर तेस्रो स्थानमा छन् ।
उनले २०१६ मा श्रीलंकाविरुद्ध विकेट लिँदै रेकर्ड बनाएका थिए । तर राशिदले वेस्ट इण्डिजविरुद्ध २०१८ मा जिम्बावेको हरारेमा स्ट्राकको रेडर्क तोड्दै कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।
छिटो ५० विकेट लिनेमा पनि सन्दीप दोस्रो
सन्दीप एकदिवसीयमा छिटो ५० विकेट लिने दोस्रो खेलाडी पनि हुन् । २०२२ मा पपुवा न्यगिनीविरुद्ध २२ खेलमा सन्दीपले ५० विकेट पूरा गरेका थिए ।
सन्दीप अगाडि श्रीलंकाका अजन्था मेन्डिसको नाममा यो कीर्तिमान छ । उनले १९ खेलमा ५० विकेट लिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij