Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

अपहरण गरिएका पाइलटको खोजी अभियानमा सैनिकको मृत्यु

अपहरण गरिएका पाइलटको खोजी अभियानमा सैनिकको मृत्यु


  • 2.5K
    Shares

    अपहरण गरिएका पाइलटको खोजी अभियानमा सैनिकको मृत्यु

    इन्डोनेसियाको पपुवामा अपहरणमा परेका न्युजिल्याण्डका पाइलटलाई खोज्ने क्रममा विद्रोहीले आक्रमण गरेका छन्। आक्रमणमा परी इन्डोनेसियाली सैनिकको मृत्यु भएको छ। विद्रोहीहरूले आफूले ११ इन्डोनेसियाली सैनिक मारेको दाबी गरेका छन्।

    एसोसिएटेड प्रेसले सेनाको स्रोतलाई उदृत गर्दै कम्तीमा छ जनाको मृत्यु भएको जनाएको छ। यी सिपाहीहरू फिलिप मर्टेन्स नामक न्युजिल्यान्डका अपहरण गरिएका पाइलटलाई खोज्ने अभियानमा थिए। उनी यसै वर्षको फेब्रुअरीमा अपहरणमा परेका थिए । पपुवाका विद्रोहीहरूले दशकौंदेखि इन्डोनेसियाबाट आफ्नो स्वतन्त्रताको माग गर्दै आएका छन्। इन्डोनेसियाका सिपाहीहरू मर्टोन्सको खोजी गरिरहेका बेला आक्रमण भएको थियो। 

    टोलीले पहाडमा खोजी गरिरहेको बेला उक्त खोजी अभियानमा आक्रमण भएको हो। वेस्ट पपुवा नेशनल लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ।

    उनले आफूविरुद्ध अभियान चलाएको भन्दै यो हमला भएको बताएका छन्। बीबीसी 

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १४:०३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij