Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

महिला लिग खेल्न चार खेलाडी भारत प्रस्थान

महिला लिग खेल्न चार खेलाडी भारत प्रस्थान


  • 2.3K
    Shares

    • images
    महिला लिग खेल्न चार खेलाडी भारत प्रस्थान
    images

    काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी एकै पटक भारतीय महिला लिग खेल्न त्यसतर्फ लागेका छन्। 

    साविक विजेता गोकुलम केरलाबाट खेल्ने स्ट्राइकर सावित्रा भण्डारी, सेथु एफसीबाट खेल्ने गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र किक स्टार्टबाट खेल्ने सरु लिम्बु र रेनुका नगरकोटी भारत गएका हुन् । सावित्राले सन् २०१८–०१९ को सिजनदेखि नै भारतमा व्यावसायिक लिग खेलिरहेकी छन् ।

    सरु र रेनुका यसअघि २०२० को सिजनमा अनुबन्ध भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएपछि खेल्न पाएका थिएनन् । नेपाली टिमकी उदीयमान खेलाडी दीपा शाही पनि लर्डस एफसीका लागि अनुबन्धित भइसकेकी छन् । सन् २०१६ देखि सुरु भएको भारतीय महिला फुटबल लिगमा १६ टिम छन् ।

    नयाँ संस्करणको प्रतियोगिता २५ अप्रिलदेखि सुरु हुनेछ । सहभागी १६ टिमलाई दुई समूहमा बाँडेर प्रतिस्पर्धा गराइनेछ । हरेक समूहको शीर्ष चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १३:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij