Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

टी-२० क्रिकेट: फेयरब्रेकमा रुबिनाको सानदार प्रदर्शन, एकै खेलमा ५ विकेट र ३२ रन

टी-२० क्रिकेट: फेयरब्रेकमा रुबिनाको सानदार प्रदर्शन, एकै खेलमा ५ विकेट र ३२ रन


  • 2.2K
    Shares

    • images
    टी-२० क्रिकेट: फेयरब्रेकमा रुबिनाको सानदार प्रदर्शन, एकै खेलमा ५ विकेट र ३२ रन
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री बेलबासले हङकङमा जारी फेयरब्रेक इन्भाइटेसनल टी-२० क्रिकेटमा सानदार प्रदर्शन गरेकी छन् ।

    बार्मी आर्मीका लागि खेलिरहेकी रुबिनाले बुधबार बिहान भएको खेलमा साफिरेस वुमनविरुद्ध अलराउण्ड प्रदर्शन गरेकी हुन् ।

    उनले ब्याटिङमा अविजित ३२ रन बनाउँदा बलिङमा पाँच विकेट लिइन् । रुबिनाको अलराउण्ड प्रदर्शनमा बार्मी आर्मीले साफिरेसलाई ६१ रनले पराजित गर्दै लिग चरणमा चौथो जित हात पारेको हो ।

    रुबिनाले दोस्रो इनिङ्समा पाँच विकेट लिएपछि १६९ रनको लक्ष्य पछ्याएको साफिरेसलाई १५.५ ओभरमै १०७ रनमा अलआउट भयो ।

    साफिरेसको टप अर्डर मिडल अर्डर ध्वस्त पार्ने क्रममा रुबिनाले उत्कृष्ट बलिङ गरिन् । नयाँ बल लिएर आएकी उनले ४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर पाँच विकेट लिइन् । उनले साफिरेसकी कप्तानी गरेकी पाकिस्तानकी भेट्रान खेलाडी साना मिरको विकेटसमेत लिइन् ।

    यस्तै रुचिता भेनकाटशले दुई तथा तारा नोरिस र लाउरा कार्डोसोले समान एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्मी आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन बनाएको थियो । बार्मीका लाउरा वलभर्टले सर्वाधिक ३९ रन बनाउने क्रममा ३२ बल खेल्दै ९ चौका प्रहार गरिन् । रुबिनाले २५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाइन् ।

    सेमाइन क्याम्पबेलले १७ बलमा ३० रन जोडिन् । साफिरेसका जिभाना भरासले ४ विकेट लिइन् । फेयरब्रेकमा रुबिनासँगै नेपालीकी सीता राना मगरले खेलिरहेकी छन् । टोर्नोजबाट खेल्ने सीताले प्लेइङ एघारमा अवसर पाए पनि ब्याटिङ र बलिङमा खासै मौका पाएकी छैनन् ।

    रुबिनाले यसअघि वारियर्स मुवनविरुद्ध एक विकेट लिएकी थिइन् । उनले अहिलेसम्म तीन खेल खेलेकी छन् । चार खेल खेलेकी सीताले दुई खेलमा बलिङ गर्ने अवसर पाएकी थिइन् । स्पिरिटविरुद्ध एक विकेट लिएकी थिइन् ।

     

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १०:२१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij