Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल


  • 2.2K
    Shares

    • images
    सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल
    images

    काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरू आजबाट सुरु हुँदैछन् । सोमबार दुई खेलहरू हुनेछन् जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । 

    च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे हुनेछ । एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

    पुलिस लिगमा पहिलो जितको खोजीमा हुनेछ । पाँचौँ चरणसम्म जित विहीन पुलिस पहिलो ३ अङ्क बटुल्ने योजनामा रहेको छ । पुलिस १ अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

     

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १०:०७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij