Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ललितपुर मेयर कप महिला क्रिकेट: एपीएफले कोशीलाई दियो १५५ रनको लक्ष्य

ललितपुर मेयर कप महिला क्रिकेट: एपीएफले कोशीलाई दियो १५५ रनको लक्ष्य


  • 2.2K
    Shares

    • images
    ललितपुर मेयर कप महिला क्रिकेट: एपीएफले कोशीलाई दियो १५५ रनको लक्ष्य
    images

    काठमाडौं । ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न एपीएफले कोशी प्रदेशलाई १५५ रनको लक्ष्य दिएको छ । सीता राना मगर र इन्दु बर्माको शतकीय साझेदारीमा एपीएफ क्लबले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १५४ रन बनाएको हो ।

    १८ रनमा १ विकेट गुमाएको एपीएफका इन्दु र सीताले नट आउट १३६ रनको साझेदारी गरेका हुन् । यो साझेदारी ललितपुर मेयर कप क्रिकेटको ३ संस्करणको इतिहासमा सबैभन्दा ठूलो साझेदारी हो ।

    यसअघि ललितपुर मेयर कप क्रिकेटको पहिलो संस्करणमा ललितपुर मेयर ११ बाट अस्मिना कर्मचार्य र सुमन खतिवडाले १०८ रनको साझेदारी गरेका थिए ।

    कोशी विरुद्ध सीता राना मगरले ७९ रनको अविजित अर्धशतकीय परी खेलिन् । उनले ६८ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । उनको जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक हो ।

    उनले यसअघि सुदूरपश्चिमविरुद्धको खेलमा ५२ रन बनाएकी थिइन् । सीताले यसै प्रतियोगिताको पहिलो संस्करणमा सुमन खतिवडाले बनाएको ७७ रनको उच्च रनको किर्तिमान तोडेकी हुन् ।

    त्यस्तै तेस्रो क्रममा आएकी इन्दु बर्माले ५ चौका र १ छक्का सहित ५१ रनको अविजित अर्धशतकीय पारी खेलिन् । एपीएफकी ओपनर ज्योति पाण्डे १२ बल खेल्दै २ रनमा अलिशा खडियाको बलमा एलबीडब्ल्यू भएकी थिइन् ।

     

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - ११:१२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij