Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज


  • 2.3K
    Shares

    राहुल गान्धीको सांसद पद खारेज
    images

    भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

    गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित भएका थिए । भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको सूचनामा उल्लेख छ ।

    भारतीय संविधानको धारा १०२ (१) र १९१ (१) मा यदि संसद वा विधानसभाको कुनै सदस्य लाभको पदमा पुगे, मानसिक रुपमा अस्वस्थ भए वा वैध भारतीय नागरिक रहेनन् भने उसको सदस्यता रद्द हुन्छ । अयोग्यताको अर्को नियम संविधानको दशौं अनुसूचीमा छ, जसमा दलबदलका आधारमा सदस्यलाई अयोग्य ठहर गर्ने व्यवस्थामा छ ।

    यसका साथै लोकसभा प्रतिनिधित्व अधिनियम १९५१ मा अपराधिक मामिलामा सजाय पाएका सांसद वा विधयकको सदस्यता रद्द गर्ने व्यवस्था छ ।

    यसअघि बिहीबार सुरतको एक अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई २ वर्षको सजाय सुनाएको थियो । १५ हजार भारु जरिवाना तोकेको थियो ।

    तर उनको सजाय ३० दिनका लागि स्थगित गरिएको थियो । अर्थात राहुलसँग अदालतले सुनाएको सजायविरुद्ध माथिल्लो अदालतमा अपील गर्ने समय एक महिना हुनेछ ।

    २०१९ मा राहुलले मोदी थरबारे टिप्पणी गरेका थिए । उनले नीरव मोदी, ललित मोदी र अरुको नाम लिँदै भनेका थिए, कसरी सबै चोरको थर मोदी भयो ?

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १६:१५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij