२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय महिला लिग फूटबलमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका भिड्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । उपाधि होडबाट बाहिरिसकेका दुबै टिम अंकतालिका सुधारका लागि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।
चन्द्रपुर १० खेलमा ६ अंकसहित छैठौं स्थानमा रहेको छ । चौदण्डीगढी आज पहिलो जितको खोजीमा हुनेछ । लगातार १० खेलमा हार व्यहोरेको चौदण्डी अंकविहीन रहँदै तालिकाको पुछारमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij