Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

दीपक–दीपाको फिल्म हल वैशाखदेखि सञ्चालनमा आउने

दीपक–दीपाको फिल्म हल वैशाखदेखि सञ्चालनमा आउने


  • 2.6K
    Shares

    दीपक–दीपाको फिल्म हल  वैशाखदेखि सञ्चालनमा आउने
    images

    काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेस्वरमा निर्माण गरिरहेको मल्टिप्लेक्स फिल्म नयाँ बर्ष अर्थात २०८० को बैशाखमा आउने भएको छ ।

    आईएनआई सिनेमाजको  फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ । मंगलबार बिहान उक्त मलको शुभारम्भ भयो ।

    शुभारम्भ समारोहमा दीपक, दीपा र निर्मल शर्मा उपस्थित रहे । यी तीनैजनाले ‘छक्कापञ्जा ४’मा सहकार्य गरिरहेका छन् । तर ‘छक्कापञ्जा ४’ले फागुन १९ लाई प्रदर्शन मिति घोषणा गरिसकेकाले दीपक-दीपाकै हलमा उक्त फिल्मको ओपनिङ हुनेछैन ।

    दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ । वैशाख १ गते रिलिज हुने फिल्महरु जारी, नाइँ नभन्नु ल ६ र भगवत् गीताको कारण यो नयाँ हलले राम्रैसँग दर्शक तान्ने अपेक्षा छ ।

    नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका काठमाडौंमा योसहित दुई फ्रेन्चाइज पुगेका छन् भने यसअघि पोखरा, बुटवल र चितवनमा पनि हलले आउटलेट विस्तार गरेको छ ।

    यसैबीच, ‘छक्कापञ्जा ४’को बाँकी छायांकन पुस १ गतेदेखि सुरु हुने भएको छ । निर्माता तथा अभिनेता गिरीले काठमाडौं र उपत्यकाबाहिर केही ठाउँमा बाँकी सुटिङ हुने जनाए ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - १२:००:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij