२०८२ फाल्गुण २७ गते बुधवार
काठमाडौं । फागुन २१ को चुनावी परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले बुधबारसम्म सबै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । प्रत्यक्षर्फ १ सय ६५ जना विजयी उम्मेदवार घोषणा भइसक्दा समानुपातिक उम्मेदवार नतिजाको पखाईमा छन् । समानुपातिकमा १ सय १० जना उम्मेदवारले मौका पाउने संवैधानिक व्यवस्था छ । यस्तोमा कुन कुन दलले समानुपातिक कति सिट पाउँदैछन् रु
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको चुनावी नतिजाले रास्वपाको एकल सरकार बन्ने निश्चित भइसकेको छ । निर्वाचन आयोगले समानुपातिक तर्फको मत गणना सकेर राष्ट्रपति समक्ष जनमत बुझाउने तयारी पनि गर्न थालेको छ । प्रत्यक्षतर्फ रास्वपाले १ सस २५ सिटमा जित हात पार्दा नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३ तथा राप्रपा र स्वतन्त्रले समान १्१ सिटमा जित हाँसिल गरेका छन् ।
धनुषा १ मा रास्वपा उम्मेवार खारेज गरिएपछि नेकपा उम्मेदवार मात्रिका यादवलाई विजयी प्रमाणपत्र प्रदान गरिएको छ । जसअनुसार नेकपाको एक सिट थपिने छ । तर आयोगले वेवसाइटमा भने सूचीकृत गरेको छैन ।
१ सय १० सिटको समानुपातिकमा पनि रास्वपा शीर्ष स्थानमा छ । ५० लाख समानुपातिक मतको आँकडा पार गरेको रास्वपाले करिब ५८ सिट पाउने अंकगणीतमा देखिएको छ । यता, निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकको मतगणना सक्ने जानकारी दिएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरे समानुपातिक मतगणना सकेपछि जनमतको परिणाम लिएर चैत पहिलो साता राष्ट्रपति समक्ष नतिजा हस्तान्तरण गर्न जाने बताउँछन् ।
यसपटकको चुनावमा राष्ट्रिय दलका रुपमा ६ दलले आफ्नो नाम दर्ज गर्ने पक्कापक्की भइसकेको छ । रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले थ्रेस होल्ड अर्थात् कुल सदर मतको ३ प्रतिशत पार गर्दै समानुपातिक सिट आफ्नो भागमा पारेका हुन् ।
कम्तीमा १ प्रत्यक्षसहित कुल सदरको तीन प्रतिशत मत पार गर्न नसक्ने दललाई समानुपातिक सिट पाए पनि राष्ट्रिय दलको सुविधा नदिने व्यवस्था छ । आयोगका सूचना अधिकारी घिमिरेले राष्ट्रपति समक्ष चुनावी परिणाम बुझाउनु अघि समानुपातिक सिटबारे राजनीतिक दलहरुलाई तीन दिनको समय दिइने पनि बताउँछन् ।
यस्तो अवस्थामा समानुपातिकमा कुन दलबाट क–कसले अवसर पाउँदैछन् ? समानुपातिकमा सबै राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँड गरिन्छ । अहिलेसम्मको समानुपातिक मतको आँकडा हेर्दा रास्वपाले ५८, कांगे्रसले २०, एमाले १६, नेकपा ८, श्रम संस्कृति पार्टी र राप्रपाले समान ४/४ सिट पाउने देखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij