Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

एसिया कप हेर्न आज २ बजेपछि विद्यालय बिदा

एसिया कप हेर्न आज २ बजेपछि विद्यालय बिदा


  • 1.0K
    Shares

    एसिया कप हेर्न आज २ बजेपछि विद्यालय बिदा

    एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदा दिइएको छ।

    जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि उपमहानगरभित्र पर्ने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ।

    ‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ।

    यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि नेपाली खेलाडीलाई हौसला बढाउन जनकपुरधाम उपमहानगरले आकस्मिक सूचना जारी गर्दै दिउँसो दुई बजेपछि विद्यालयहरुमा बिदा दिएको थियो।

    श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समय अनुसार आज दिउँसो सवा तीन बजेदेखि नेपाल र भारतबीच खेल सुरु हुनेछ।

    नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८२ बुधवार - ११:००:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij