Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

फोटो काठमाडौँ फोटोग्राफी फेस्टिभलको पाँचौँ संस्करण हुँदै

फोटो काठमाडौँ फोटोग्राफी फेस्टिभलको पाँचौँ संस्करण हुँदै


  • 2.3K
    Shares

    फोटो काठमाडौँ फोटोग्राफी फेस्टिभलको पाँचौँ संस्करण हुँदै
    images

    फोटो काठमाडौंको आयोजनामा पाचौँ संस्करणको फोटोग्राफी फेस्टिभल शुक्रवारदेखि सुरु हुँदैछ। चैत १७ गतेसम्म हुने फेस्टिभलको शुक्रवार साँझ उद्घाटन गरिने फोटो काठमाडौंले जानकारी दिएको छ।

    फेस्टिभल अवलोकन सबैका लागि नि:शुल्क रहेको बताइएको छ। ललितपुरस्थित पाटन संग्रहालयको भण्डारखाल बगैँचामा हुने फेस्टिभल फोटोग्राफ्रिमा महत्त्वपूर्ण योगदान दिने वरिष्ठ फोटोग्राफरलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कारसहित सम्मान गरेर समापन हुने आयोजकले जनाएको छ।

    फेस्टिभलमा १६ देशका ६० भन्दा धेरै सहभागीले आफ्ना कृति प्रदर्शन गर्नेछन्। प्रवचन र कार्यशाला प्रशिक्षणको समेत आयोजना गरिनेछ भने परामर्श एवं रेजिडेन्सी कार्यक्रम पनि हुनेछ।

    ललितपुरका ६ विभिन्न स्थानका प्रदर्शनीस्थलमा फागुन १३ गतेदेखि चैत १७ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनका लागि खुल्ला रहनेछ। उद्घाटन सप्ताहभरिका सार्वजनिक कार्यक्रमहरू पाटन ढोकास्थित यलमाया केन्द्रमा फागुन १३ देखि फागुन १९ सम्म हुनेछन्।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १४:२९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij