Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

फुट्ने भयो राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान

फुट्ने भयो राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान


  • 2.3K
    Shares

    फुट्ने भयो राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान
    images

    नेपाली लोक संगीततर्फको संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान फुटको संघारमा पुगेको छ।

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई नयाँ नाम दिएर दोस्रो संस्था खोल्ने तयारीमा वरिष्ठ लोकगायक बमबहादुर क्षेत्री, बिष्णु खत्री लगायतका कलाकार रहेका छन्। 

    गायक खत्रीले आफूहरू नयाँ संस्थाको विधान लेखनको अन्तिम चरणमा रहेको र आगामी महिना वृहत संस्था गठनको औपचारिक घोषणा तयारीमा रहेको बताए। नाम के राख्ने भन्ने कुराको भने टुंगो लागेको छैन्। 

    संस्थाको अध्यक्ष कार्की र महासचिवमा खत्रीको नाम भने टुंगो लागेको छ। अन्य सदस्यको नाम सहित केही दिनमा प्रेस विज्ञप्ती सार्वजनिक गर्ने तयारी रहेको कार्कीले बताए।

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नयाँ नेतृत्वको लागि चुनावको तयारीमा रहेका बेला कही संगीतकर्मी भने नयाँ संस्था गठनको तयारीमा जुटेका छन्।

    अहिलेको प्रतिष्ठान नेतृत्व संकीर्ण भएकाले नयाँ संस्था खोल्नु परेका खत्रीले बताए। 

    ‘प्रतिष्ठानको नेतृत्व स्याङ्जा र पाल्पा जिल्लाको मनोविज्ञानबाट माथि उठ्न सकेन। संकीर्ण सोचले लोकदोहोरी क्षेत्रको विकास असम्भव कुरा हो। हामीले नयाँ संस्थामा लोकदोहोरी मात्र नभएर सबै संस्कृति क्षेत्रका व्यक्तित्वलाई समेट्ने तयारी गरिरहेका छौँ।’ उनले भने।

    वैशाख १ अघिनै नयाँ संस्था औपचारिक रुपमा घोषणा गर्ने तयारीमा यो टिम रहेको छ। खत्री प्रतिष्ठानका पूर्वमहासचिव हुन्।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १३:१३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij